नेविसंघको स्ववियु परिषदमा सभापतिसहित नयाँ कार्यसमिति सर्वसम्मत, संस्थापन निर्बाचित
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको नयाँ कार्यसमितिमा रोहित कपाली सभापतिमा निबिरोध निर्वाचत भएका छन् ।
काठमाडौंमा सोमबार सम्पन्न निर्वाचन कार्यक्रमअनुसार स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय कार्यकारिणी समितिको सभापतिमा कपाली निर्बिरोध निर्वाचन भएका हुन् । सभापतिमा निर्बिरोध भएका कपाली संस्थापन निकटका हुन् ।
उपसभापतिमा विवेक खड्का, किरण गुरुङ, सुदीक्षा थापा मगर, सचिवमा अधिवक्ता मनमोहन भट्ट र अनुप आले मगर निर्बिरोध निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ ।
सहसचिवमा सुजितकुमार यादव, किरण साउँद र पूजा कुस्मा थारु, कोषाध्यमा गौरव ऐर निर्बिरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा जयलक्ष्म रावल, तेजस्वी घिमिरे, सुप्रिया निरौला, सर्वज्ञ कन्दङ्वा, कमल कुँवर, टापबहादुर खत्री, डम्मरसिंह ऐडी, सुवास नेगी, दिनेश कार्की, चन्द्र बोहरा, विशाल थापा र गौतमकुमार सर्राफ निर्बिरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सुवोधबाबु चिलवालले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैबीच, कोशी प्रदेश समितिको सभापतिमा विशाल थापा, मधेश प्रदेश समितिको सभापतिमा पृथ्वीकुमार यादव, बागमती प्रदेश समितिको सभापतिमा रोहिन पराजुली, गण्डकी प्रदेश समितिको सभापतिमा श्यामकुमार वाचे, लुम्बिनी प्रदेश समितिको सभापतिमा मनोज न्यौपाने, कर्णाली प्रदेश समितिको सभापतिमा झलक वली र सुदूरपश्चिम प्रदेश समितिको भुवन महरा निर्बिरोध निर्वाचित भएका छन् । परिषदको प्रशिक्षण विभागको प्रमुखमा रेखा बोध निर्बिरोध निर्वाचित भएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया