अष्ट्रेलियामा १९ नेपाली बिद्यार्थीलाई स्नातकोत्तर अध्ययन गर्न अवार्डस छात्रवृत्ति प्रदान
काठमाडौं । नेपालका लागि अस्ट्रेलियाली राजदूत लियन जोन्सटन र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले १९ जना नेपाली बिद्यार्थीलाई अस्ट्रेलिया अवाड्र्स छात्रवृत्ति प्रदान गरेका छन् ।
अस्ट्रेलियाली सरकारको प्रतिष्ठित अस्ट्रेलिया अवाड्र्स छात्रवृत्ति प्राप्त गरेका १९ जना बिद्यार्थीले सन् २०२६ मा अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयहरूमा स्नातकोत्तर तहको अध्ययन शुरु गर्नेछन् ।
छात्रवृत्तिमा अध्ययन गर्न अष्ट्रेलिया जाने १९ जना नयाँ बिद्यार्थीमध्ये १३ जना सार्वजनिक सेवा क्षेत्रका, ११ जना महिला र २ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
नेपालका लागि अष्ट्रेलियाकी राजदूत जोन्स्टनले बिद्यार्थीलाई आफ्नो अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेकी छिन् । बहुसांस्कृतिक अस्ट्रेलियाको विविधता र समृद्धि अनुभव गर्न, अस्ट्रेलियाली जनता तथा संस्थाहरूसँग बलियो सम्बन्ध निर्माण गर्न उनले प्रोत्साहित गरेकी छिन् ।
‘अस्ट्रेलिया अवाड्र्स कार्यक्रमले हाम्रा दुई देशहरूबीचको सबल सहकार्य र समावेशीकरण, शिक्षा तथा नेतृत्वप्रतिको हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्बित गर्छ । यस वर्षको छनौटमा पर्नुभएका विद्यार्थीको विविधता र यसले प्रतिनिधित्व गर्ने दृष्टिकोण प्रति गर्व गर्छौं,’ राजदूत जोन्सटनले भनिन् ।
अस्ट्रेलियाली सरकारको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने अस्ट्रेलिया अवाड्र्स छात्रवृत्ति एक परिवर्तनकारी उच्च शिक्षा हासिल गर्ने अवसर हो । यसले आफ्ना क्षेत्रमा नेतृत्व गर्ने क्षमता भएका बिद्यार्थीलाई अध्ययन र अनुसन्धानका अवसर प्रदान गर्छ जसबाट उनीहरूले सीप, ज्ञान र सम्बन्धहरू विकास गरी आफ्नो देशमा परिवर्तन ल्याउन र विकासमा योगदान पु¥याउन सक्छन् ।
धेरै अस्ट्रेलिया अवाड्र्स प्राप्त पूर्वविद्यार्थी नेपाल फर्किएपछि सरकारी सेवा, नागरिक समाज र व्यवसायिक क्षेत्रमा वरिष्ठ पदमा पुगेर योगदान गरिरहेका छन् ।
विदेशी बिद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गर्नु सन् १९५० को कोलम्बो प्लानदेखि नै अस्ट्रेलिया सरकारको विदेश नीतिको मुख्य विशेषता रहँदै आएको छ ।
विश्वभरका १ लाखभन्दा बढी व्यक्तिहरूले अस्ट्रेलियाली सरकारको छात्रवृत्ति प्राप्त गरी अस्ट्रेलिया वा प्रशान्त क्षेत्रमा अध्ययन गरेका छन् ।
१,३०० भन्दा बढी नेपालीले अस्ट्रेलिया अवाड्र्सको सहयोगमा अस्ट्रेलियामा अध्ययन तथा अनुसन्धान गरेका छन् । अस्ट्रेलिया अवाड्र्स छात्रवृत्तिको अर्को चरणको आवेदन सन् २०२६ फेब्रुअरीमा खुल्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया