सुधन गुरुङको समर्थन रहेको दल दर्ता, आयोगमा १२० दलको निवेदन

काठमाडौं । निर्वाचन आयोगमा फागुन २१ प्रतिनिधिसभा चनावका लागि १२० दलले दर्ताको निवेदन दिएका छन् ।

आइतबार आयोग जारी गरेको प्रेस विज्ञप्तिअनुसार दल दर्ताको मिति सकिएको छ । जेनजी आन्दोलनपछि जन्मिएका नयाँ दल र आयोगमा दर्ता भइरहेका दलले चुनावी प्रयोजनका लागि दर्ताको निवेदन दिएका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि २५ नयाँ दल दर्ता भएका छन् ।

आइतबारसम्ममा २५ दल दर्ता भएका हुन् । यससँगै आयोगमा दर्ता भएको दलको संख्या १४३ पुगेको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनको लागि धमाधम तयारी गरेकी छिन् ।

कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टी दर्ता भएको छ । पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय नेतृत्वमा बनेको उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको चिम छ ।

धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयर बनेका हर्कराज राई दल खोलेरै राजनीतिमा होमिएका छन् । राईको नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता भएको छ ।

रेशमलाल चौधरी संरक्षक रहने गरी २७ वर्षीय कविर सोवको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ । यो पार्टीले अशोक रार्ई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति नेपालसँग मिलेर जाँतो चिह्न लिएर चुनावमा जाने तयारी गरेका छन् ।

बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत पनि राजनीतिक दल दर्ता गराएका छन् । दिनेशराज प्रसाईं अध्यक्ष रहेको गतिशील लोकतान्त्रिक पार्टीमा बस्नेत सदस्य छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दर्ता गराएका छन् । माओवादी केन्द्रसहितका दल मिलेर नेपाल कम्युनिस्ट पार्टी विप्लवले माओवादी दर्ता गराएका हुन् । उनको पार्टी गुलाफ चुनाव चिह्न लिएको छ ।

पूर्वआईजीपी सर्वेन्द्र खनालको नेतृत्वमा समुन्नत पार्टी बनेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थन रहेको नागरिक बचाउ दल दर्ता भएको छ । माधवप्रसाद खतिवडाको नेतृत्वमा दल दर्ता भएको छ ।

जेनजी आन्दोलन पानी वितरण गर्न पुगेका सुधन गुरुङको समर्थन रहेको नेपाल जनसेवा पार्टी दर्ता भएको छ । प्रकाश खड्काको नेतृत्वमा रहेको पार्टीको चिह्न जुत्ता रहेको छ ।

Published : Monday, 2025 December 1, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया