प्रधानमन्त्री कार्कीको रोहबरमा एनआरएनएको बृहत् एकता, महेशको अभियानले सार्थकता पायो
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठ र एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री के.सी.ले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले बृहत् एकताका लागि बधाई ज्ञापन गर्दै सबै मनोमालिन्यलाई मेटाएर संघलाई एकसूत्रीय अभियानमा लैजाने क्रममा कोशेढुँगा भएको बताएकी छिन् । कार्कीले भनिन्, ‘भाइ फुटे गवार लुटे भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ फुटेर कतै पुगिन्न ।’
सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले एनआरएनलाई गैरराजनीतिक बन्न आग्रह गरेका छन् । उनले भने, ‘एकता कागजमा मात्र होइन, मन र मस्तिष्कमा पनि कायम होस् ।’
कार्यक्रममा अध्यक्षद्वय महेश श्रेष्ठ र डा.बद्री के.सी.ले मुलुकमा फेरिएको परिस्थितिपछि विदेशमा रहेका नेपालीहरूको हकहित र अधिकारको संरक्षण तथा नेपालको समग्र समृद्धिमा योगदान पु¥याउन तथा विश्वभरिका गैरआवासीय नेपालीहरू एकमत रहेको सन्देश दिने उद्देश्यले बृहत् एकता गरेको बताए ।
एकता अधिवेशनबाट अध्यक्ष बनेका महेश श्रेष्ठले एनआरएनएलाई एकताबद्ध बनाउन निरन्तर प्रयासहरू गर्दै आएका थिए । नेपाल सरकारको समर्थन र विश्वभरि बलियो अवस्थामा रहँदा रहँदै पनि अध्यक्ष श्रेष्ठले आफूलाई दुई कदम पछाडि हटाएर विश्वभरि छरिएर रहेका एनआरएनएका लागि बहत एकता गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया