राप्ती गाउँपालिकाको कार्यालय घेराउ, अध्यक्ष विष्ट र कर्मचारीहरूविरुद्ध नाराबाजी
मसुरिया । दाङको राप्ती गाउँपालिकाले फोहर व्यवस्थापनमा लापरबाही गरेर हजारौँ जनताको स्वास्थ्य र जीवनमाथि खेलवाड गरेपछि आक्रोशित स्थानीयले राप्ती गाउँपालिकाको कार्यालय दिनभरि घेराउ गरेका छन् ।
आइतबार राप्ती गाउँपालिकाको प्रशासनिक कार्यालय, मसुरियामा वडा नं. २ कटाहाका स्थानीयले घेराउ गरेका हुन् । उनीहरूले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र कर्मचारीहरूविरुद्ध नाराबाजी समेत गरेका छन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका विष्टले फोहर व्यवस्थापनमा लापरबाही गरेको आरोप स्थानीय पीडितहरूको छ । पीडितहरूले कार्यालय घेराउ गरेपछि केही समय पालिकाको कार्यसम्पादन प्रभावित बनेको छ ।
केही दिन अगाडि राप्ती गाउँपालिका वडा नं. २ कटाहामा रहेको डम्पिङ साइट क्षेत्रमा स्थानीयले प्रदर्शन गर्नुका साथै घेराउ गरेर नारावाजी गरेका थिए । स्थानीयले पटक पटक आवाज उठाउँदा समेत गाउँपालिकाका अध्यक्ष विष्टले मागको सुनुवाई गरेका छैनन् ।
राप्ती गाउँपालिकाको फोहर व्यवस्थापन र रिसाइकिल गर्न भन्दै अध्यक्ष विष्ट र कर्मचारीहरूले एउटा संस्थालाई ठेक्का दिएका छन् । सो संस्थाले लापरबाही गरेर काम गरिरहेको छैन । काम नगर्ने सो संस्थालाई अध्यक्ष विष्ट र कर्मचारीहरूले संरक्षण गरेर राखेको आरोप छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट र कर्मचारीहरूले आफूहरूको मागको सुनुवाई गर्ने आश्वासन दिएको घेराउमा सहभागी एक प्रदर्शनकारीले बताएका छन् ।
राप्ती गाउँपालिकाका केही जनप्रतिनिधि र केही कर्मचारीहरू बाहेक अधिकांश जनप्रतिनिधि र कर्मचारीहरूले जनताको काममा मन लगाएर नगरेको आरोप लाग्दै आएको छ । राप्ती नदी र प्राकृतिक श्रोत साधनको अबैध दोहोनमा केही जनप्रतिनिधि र कर्मचारीहरू लागेको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया