औषधि व्यवसायीहरू आन्दोलित, ऐन संशोधनको माग
विराटनगर । कोशी प्रदेशका औषधि व्यवसायीहरूले औषधि ऐनको दफा संशोधनको माग गरेर प्रदर्शन र धर्ना दिएका छन् ।
आइतबार व्यवसायीहरूले विराटनगरमा औषधि पसल बन्द गरेर धर्नामा बसेका हुन् । औषधि ऐनका कारण आफूहरूलाई व्यवसाय गर्न समस्या परेको भन्दै संशोधनको माग गरेका छन् ।
औषधि ऐन २०३५ को संशोधित दफा ११ को उपदफा ३ को संशोधन र उपदफा ५ को पूर्णखारेजी माग गर्दे कोशी प्रदेशका औषधि व्यवसायी आन्दोलित बनेका हुन् ।
विराटनगर वडा नम्बर ३ मा रहेको औषधि व्यवस्था विभागको प्रांगणमा धर्नामा बसेका उनीहरूले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् ।
Published : Sunday, 2025 November 30, 8:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया