कांग्रेस नेता मोहन बस्नेतद्वारा स्व.केशरबहादुर लामाप्रति श्रद्धाञ्जलि व्यक्त
बनेपा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केशरबहादुर लामाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आइतबार काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ६ निवासी कांग्रेसका अग्रज स्व.केशरबहादुर लामाको निवासमा पुगेर नेता बस्नेतले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । केशरबहादुर लामाको ८६ वर्षको उमेरमा निधन भएको थियो ।
स्व.केशरबहादुर लामा नेपाली कांग्रेस, काभ्रेपलाञ्चोकका जिल्ला सभापति एवम् बागमती प्रदेशसभा सदस्य तीर्थ लामाका पिता हुन् ।
नेता बस्नेतले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले शोकको घडीमा केशरबहादुर लामाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
Published : Sunday, 2025 November 30, 7:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया