संकटमा परेको देश र संविधानलाई बचाउन फागुन २१ को चुनाव : कांग्रेस नेता थापा
तौलिहवा । नेपाली कांग्रेसका नेता विक्रमसिंह थापाले फागुन २१ गते हुन लागेको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरेर सबैले आ–आफ्नो स्थानबाट तयारी गर्नुपर्ने बताएका छन् ।
शनिबार कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ३ भिच्छुचोक टोलमा पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटघाटमा नेता थापाले संविधानलाई सहित बाटोमा ल्याउन फागुन २१ गतेको निर्वाचनले मद्दत गर्ने बताए । उनले संकटमा परेको मुलुकलाई निर्वाचनले बाटो देखाउने बताए ।
उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गाउँका जनताको सेवामा आफूलाई केन्द्रित गर्नुपर्ने पनि बताएका छन् । थापाले मतदाताहरूको गुनासा र सुझावहरूलाई कार्यान्वयनमा आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।
Published : Saturday, 2025 November 29, 10:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया