मुख्यमन्त्री बानियाँ र १०३ वर्षीय स्थानीय वृद्ध महिलाद्वारा राप्तीको पुल उद्घाटन
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र स्थानीय १०३ वर्षीया सरस्वती अर्यालले मकवानपुरको बस्तीपुर–भुन्द्रुंग जोड्ने राप्ती खोलाको पुल संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शनिबार हेटौँडा उपमहानगरपालिका वडा नं. १९ तथा मनहरी गाउँपालिका वडा नं. ३ मा राप्ती नदीमाथि बनेको पुलको उद्घाटन गरिएको हो । १७० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको पुलको लागत २९ करोड ५९ लाख ३८ हजार ५ सय रुपियाँमा हिराचन कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाडौंसँग सम्झौता भएको थियो ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालयद्वारा निर्माण गरिएको पुलबाट हजारौं स्थानीय जनता लाभान्वित हुनेछन् । सम्झौतामा भएको समयभन्दा पहिला नै पुल निर्माण भएको छ ।
यसैबीच, मुख्यमन्त्री बानियाँले पुल नहुँदा पुलले धेरै मानिसहरूलाई बगाएर ज्यान लिएको बताए । उनले संघीयता भनेको विकास रहेको भन्दै जनताले पुल बनाएको बताए । उनले भने, ‘संघीयता, समावेशी व्यवस्थाको उपलब्धी हो । प्रदेश भनेको विशेष गरी विकास हो भन्ने कुरा बुझ्न जरुरी छ । देख्न पाइएको छ । प्रदेश भनेको गाउँमुखी हो । गरिबमुखी हो । यो व्यवस्था धेरैलाई मन परेको छैन । यो व्यवस्था आउँदा गरिवले सेवा पाउने भयो ।’
मुख्यमन्त्री बानियाँले भने, ‘संघीयताभित्र जनताको विकासको प्रचुर सहभागिता रहन्छ । जनतालाई सेवा दिन हामीले राजनीति गरेको हो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया