पुरानो पुस्ता फाल्न प्रयोग भएको डोको नफाल्नु होला, तपाईहरूलाई पनि फाल्न चाहिन्छ : नेविसंघ नेतृ गुरुङ
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)की केन्द्रीय सदस्य गीता गुरुङले नेपाली कांग्रेसले नयाँ पुस्ताहरूलाई जोड्दै नियमित महाधिवेशन गर्नुपर्ने बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा युवा विद्यार्थीको बृहत भेलालाई सम्बोधन गर्दै नेविसंघ नेतृ गुरुङले भनिन्, ‘हाम्रा नेताहरूले धेरै बेमौसमीको बाजा बजाइ रहनुभएको छ ।’
‘विशेष महाधिवेशनको मुद्दा लिएर आएर वडा तहसम्म नै कार्यकर्ताहरूका बीच बिभाजनको रेखा कोर्ने दुश्प्रयास गर्नुभएको छ । जेनजी विद्रोहपछि युवाहरू राजनीतिक दलहरूप्रति आकर्षित भएको महशुस गरेको छु,’ उनले भनिन्, ‘युवा पुस्ता राजनीतिप्रति आकर्षित हुनु राम्रो विषय हो ।’
उनले कांग्रेस कुनै एउटा पुस्ताको मात्रै पार्टी नरहेको बताइन् । उनले सबै मिलेर कांग्रेसलाई अहिलेको अवस्थामा ल्याइएको बताएकी छिन् । नेतृ गुरुङले डोकोको कथा सुनाउँदै पुरानो पुस्तालाई फाल्ने डोकोलाई सुरक्षित राख्ने नयाँ पुस्ता हौँ भन्नेहरूलाई सचेत गराएकी छिन् ।
नेविसंघ नेतृ गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मातर्फ संकेत गर्दै पुरानो पुस्ताको नाममा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतृत्वलाई फाल्न जुन प्रयास भएको छ त्यो कार्य उचित नरहेको बताइन् । पुरानो पुस्तालाई फाल्न प्रयोग हुने डोको गगन–विश्वलाई पनि फाल्न आवश्यक पर्ने उनको भनाइ थियो ।
नेविसंघ नेतृ गुरुङले भदौ २४ गते तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणामाथि भएको महिला हिंसाका दोषीलाई कारबाहीको माग गरेकी छिन् । उनले महिलाविरुद्धको हिंसा दिवस देशभरि मनाइरहेका बेला डा.आरजु राणामाथि सांघातिक आक्रमण गर्नेहरूलाई कारबाही गर्न सरकारसँग माग गरिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया