म रहे कांग्रेस उठ्छ भन्ने कुरा आफैँमा ठूलो भ्रम हो : कान्तिका सेजवाल

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजवालले वडादेखि केन्द्रसम्म नियमित १५औँ महाधिवेशन गर्नुपर्ने बताएकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ सेजवालले कांग्रेसको महाधिवेशन वडादेखि नै गर्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘अब यदि कांग्रेसलाई साँच्चिकै जुरुक्क उठाउन चाहन्छौँ भने १५औँ महाधिवेशनमा वडाबाटै स्पष्ट मार्गचित्र ल्याउनुपर्छ । सबैभन्दा देशका आशा बनेका युवालाई ठाउँ, विश्वास र जिम्मेवारी दिन सक्नुपर्छ ।’

कांग्रेस नेतृ सेजवालले कांग्रेसको नेतृत्वमा पुग्न केही युवा हौँ भन्नेहरूले विशेष महाधिवशनको नाममा व्यक्तिगत कुरा उठाएको विषयलाई व्याङ्ग्य गरेकी छिन् । उनले भनेकी छिन्, ‘म रहे कांग्रेस उठ्छ भन्ने कुरा आफैँमा ठूलो भ्रम हो । पार्टी व्यक्तिमा होइन, सिद्धान्त र विचारमा बाँच्ने संस्था हो ।’

‘जबसम्म हामीले जनताको पीडा सुन्दैनौ उनैले भोगिरहेका समस्या महसुस गर्दैनौँ र समाधानतिर साँचो मनले अघि त्यसबेलासम्म लोकतन्त्रको सुन्दरता जनतामा उज्यालो झैँ फैलिनै सक्दैन,’ उनले भनिन्, ‘यही कमजोरीले कांग्रेसलाई गाउँमा फेरि उठ्न नदिएको सत्य आज पनि हाम्रो सामु छ ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई गौण बनाउन प्रयास गरिरहेका बेला कांग्रेस नेतृ सेजवालको पछिल्लो अभिव्यक्ति आएको छ ।

Published : Friday, 2025 November 28, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया