गगन थापाज्यू नेताहरूको चरित्रहत्या गर्न खोलिएका २० वटा कारखाना पहिला बन्द गर्नुस् : तरुण नेता पाण्डे
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफूलाई मन नपरेका नेताहरू चरित्रहत्या गर्न देशभरि खोलिएका २० वटा कारखाना तत्काल बन्द गर्न चेतावनी गराएका छन् ।
शुक्रबार काठमाडौंका तीनकुनेमा युवा, विद्यार्थीले आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै तरुण नेता पाण्डेले नेताहरूको चरित्रहत्या गर्न खोलिएका कारखानाहरूको खर्चको बिबरण पनि माग गरेका छन् ।
महामन्त्री थापाको हर्कतको विरोध गर्दै उनले भने, ‘कारखाना खोलेर नेताहरूको चरित्रहत्या गर्नुभएको छ । २० ठाउँमा कारखाना खोलेर नेताहरूविरुद्ध बिष छर्नु भएको छ । त्यो कारखाना बन्द गर्नुस् ।’
तरुण दलका केन्द्रीय सदस्य पाण्डेले विशेष महाधिवेशनका नाममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले युवा पुस्तालाई वडादेखि केन्द्रसम्म नेतृत्वमा आउन नदिन षड्यन्त्र गरेको बताए । उनले भने, ‘महामन्त्रीहरू विशेष महाधिवेशन गर्नुपर्छ भनेर लाग्नुभएको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वबाट पार्टी निर्वाचनमा जान सक्छ भनेर भनेर भजन गाएर पार्टीलाई जरैदेखि चिराचिरा गर्न लागिरहनु भएको छ ।’
‘युवा पुस्ताहरूलाई वडा तहदेखि केन्द्रसम्म जोड्न सकिएन भने कांग्रेस बलियो हुन सक्दैन । विशेष महाधिवेशबाट पार्टीको नेतृत्व चयन गर्ने हो भने युवा पुस्ताको भावना विपरित हुन्छ । पुराना महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर युवा पुस्तालाई कांग्रेसमा प्रवेश गर्न नदिने षड्यन्त्र भएको छ’, तरुण नेता पाण्डेले भने ।
महामन्त्री थापाले क्रियाशील सदस्यता विवादलाई चार वर्षसम्म पनि समाधान गर्न नसकेको बताए । पाण्डेले भने, ‘महामन्त्री गगन थापाले चार वर्षमा क्रियाशीलको काम गर्न सक्नु भएन । नेविसंघमा सात सय आए । तरुण दलमा चार सय आए । त्यसलाई किन रोक्न सक्नुभएन ? तपाईले म मात्रै ठीक अरु सबै खराब भन्ने कुराले भविष्यमा तपाईलाई खाल्टोमा हाल्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया