सभापति देउवासँगको शीर्ष नेतृत्वको छलफल सकारात्मक, सर्वसम्मत अगाडि बढ्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूसँगको छलफलमा सर्वसम्मत निर्णय गर्नेगरी अगाडि बढ्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंस्थित आफ्नै निवासमा सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूसँगको छलफलमा सहमतिका साथ अगाडि बढ्नुको बिकल्प नरहेको बताएका छन् । उनले सबै नेताहरूलाई मिल्नका लागि आग्रह गरे ।

उपसभापति धनराज गुरुङले भने, ‘आदरणीय सभापतिज्यूको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडि बढेको छ ।’

‘नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्छ । सबै नेता साथीहरूले आ–आफ्नो तर्फबाट सकरात्मक भूमिका निर्वाह गरौं । धैर्य गरौं,’ उपसभापति गुरुङले भने ।

सभापति देउवाले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधर दुबै पक्षले सहमतिको मिलन बिन्दु बनाएर अगाडि बढ्न सुझाव दिएका हुन् ।

Published : Friday, 2025 November 28, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया