निर्वाचनपछि नियमित महाधिवेशन गर्न पदाधिकारी र केन्द्रीय नेताहरूको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिएका पदाधिकारी र केन्द्रीय सदस्यहरूले फागुन २१ गतेको निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेको संस्थापन निकटका नेताहरूले कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनीहरूले निर्वाचभन्दा अगाडि महाधिवेशन गर्ने हो भने पार्टीभित्र विभाजन आउन सक्ने बताएका छन् ।
बैठकमा निर्वाचनअघि क्रियाशील सदस्यताको विषय टुंगो लगाउनु पर्ने नेताहरूले बताएका छन् ।
संस्थापन पक्षका करिब ७० केन्द्रीय नेताको उपस्थिति रहेको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संयमित बनेर सहमतिका लागि लचक बन्न आग्रह गरेका छन् ।
कांग्रेसको महाधिवेशन वैशाखमा हुने र पुसमा विशेष महाधिवेशन गर्न नसकिने विषयमा छलफल केन्द्रित रहेको थियो ।
नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाण, प्रवक्ता डा.प्रकाशशरण महत लगायतका नेताहरूको बैठकमा उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया