कांग्रेसको नियमित महाधिवेशनका लागि युवा, विद्यार्थीको बृहत भेला, ठूलो संख्यामा उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै युवा, विद्यार्थीले बृहत भेलाको आयोजना गरेका छन् ।

शुक्रबार काठमाडौंको तीनकुनेमा नियमित महाधिवेशनका लागि युवा, विद्यार्थीले बृहत भेला गरेका हुन् । भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू, तरुणहरू, विद्यार्थी लगायतको ठूलो उपस्थिति रहेको थियो ।

भेलाका वक्ताहरूले नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएका कारण फागुन २१ गतेको निर्वाचनमा एकताबद्ध भएर सहभागी हुनुपर्ने धारणा राखेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिबाट निर्वाचनमा सहभागी हुने सर्वसम्मत निर्णय भएपछि एकताबद्ध भएर चुनावमा जानुपर्ने भेलाका सहभागीहरूले बताएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा पार्टीमा बखेडा निकालेर सहमति हुन नदिएको आरोप लागेका बेला तरुण, विद्यार्थीले बृहत भेला गरेका छन् । उनीहरूले कांग्रेसलाई आँच पुग्ने कार्य कसैले पनि गर्न नहुने बताएका छन् ।

सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि भदौ २४ गते हत्या हुने गरेर सांघातिक आक्रमण हुँदा समेत घटनाको निन्दा र स्वास्थ्य लाभको कामना गर्न नसक्नेहरू विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्न लागेको भन्दै विरोध भएको छ ।

Published : Friday, 2025 November 28, 4:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया