प्रधानमन्त्री कार्की तथा गृह र कानूनमन्त्रीद्वारा जंगी अड्डाको भ्रमण

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेकी छिन् ।

शुक्रबार कार्कीले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेकी हुन् । कार्कीलाई प्रधान सेनापति अशोकराज सिग्देलले स्वागत गरेका छन् ।

जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीसमक्ष नेपाली सेनाको विविध गतिविधिहरू लगायत निर्वाचन सुरक्षा सम्बन्धी जानकारी गराइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री कार्कीले फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा संवेदनशीलताको विश्लेषण गरी नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरूले समन्वयात्मक ढङ्गले कार्य गर्न निर्देशन दिएकी छिन् ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष, निमित्त रक्षा सचिव, रथीबृन्द तथा रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।

Published : Friday, 2025 November 28, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया