गोरखापत्र सामाजिक सुरक्षा कोषमा जानु खुशीको समाचार : पोख्रेल
काठमाडौं । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध हुन लागेकोमा प्रशन्नता व्यक्त गरेका छन् ।
उनले सो विषयलाई खुशीको समाचार भनेर सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू पत्रकार महासंघको नेतृत्वमा रहँदा राज्यले सञ्चालन गरेका सञ्चारमाध्यमहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि गंभीरतापूर्वक र निरन्तर आजाव उठाएको स्मरण गरेका छन् ।
पोख्रेलले अन्य सञ्चारमाध्यमले पनि यो बाटो पछ्याउने बिश्वास व्यक्त गर्दै निजी क्षेत्रका सञ्चारमाध्यमहरू पनि सामाजिक सुरक्षाकोषमा जाने अपेक्षा राखेका छन् ।
सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा जान थालेपछि पत्रकारिता भित्रको श्रमको समस्या समधान हुँदैजाने उनको विश्वास छ ।
Published : Thursday, 2025 November 27, 9:50 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया