सभापति देउवालाई उद्दार गर्ने जेनजी राहुल शाहलाई नेविसंघको विशेष सम्मान

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले सभापति शेरबहादुर देउवा जीवन बचाउन सहयोग गर्ने जेनजी पुस्ताका राहुल शाहलाई सम्मान गरेका छन् ।

बिहीबार काठमाडौंमा स्ववियु परिषद नेपालको राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को तर्फबाट सहमहामन्त्री राठौरले शाहलाई सम्मान गरेका हुन् । राठौरले जेनजी पुस्ताका राहुल शाहले आफ्नो जीवनको कुनै प्रावह नगरेर सभापति शेरबहादुर देउवालाई बचाउन भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।

नेविसंघकी केन्द्रीय सदस्य श्रृजना मल्लले नेविसंघले राहुल शाहको योगदानको उच्च मूल्यांकन र कदर स्वरुप सम्मान गरिएको बताइन् ।

भदौ २४ गते बुढानिलकण्ठस्थित निवासभित्र प्रवेश गरेर केही उत्तेजित समूहले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या प्रयास गरेको थियो । आक्रमणबाट सभापति देउवा र नेतृ डा.राणा गम्भीर घाइते भएका थिए ।

हत्या उद्देश्यले सांघातिक आक्रमण भएका बेला राहुल शाहले सभापति देउवालाई उद्दार गर्न मद्दत गरेका थिए । राहुल शाहको मद्दतका कारण सभापति देउवालाई गम्भीर घाइते अवस्थामा सुरक्षित स्थानमा लगिएको थियो ।

Published : Thursday, 2025 November 27, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया