प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री कार्की र अध्यक्ष ठाकुरबीच सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउन सक्दो भूमिका खेलिदिन आग्रह गरेकी छिन् ।

अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन् ।

Published : Thursday, 2025 November 27, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया