प्रधानमन्त्री कार्कीद्वारा एमालेका नेताहरूसँग छलफल, सकारात्मक राजनीतिक सम्वाद शुरु
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले एमालेका नेताहरूसँग छलफल गरेकी छिन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगामी निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्कीले एमालेलाई निर्धारित चुनावमा भाग लिन आग्रह गरेकी छिन् । कार्कीसँग एमालेले आफूहरू जनमतसँग नभाग्ने बताएको खरेलले बताए ।
सञ्चारमन्त्री खरेलले निर्वाचनको विषय तथा सरकारका विषयमा एमालेभित्र रहेको शंसय आजका दिनदेखि हटेको बताएका छन् ।
प्रधानमन्त्री कार्कीसँगको छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्व प्रमुख सचेतक महेश बर्तौला गएका थिए ।
एमाले नेता महेश बर्तौलाले पनि प्रधानमन्त्री कार्कीले एमालेसँग चुनावी वातावरण बनाउन सघाउन आग्रह गरेको बताए । आफूहरूले अध्यक्ष केपी ओलीलाई स्थानहद गरेर घोषणा गरिएको चुनावको औचित्य नभएको प्रधानमन्त्री कार्कीसँग धारणा राखेको बर्तौलाले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया