गगन–विश्वका कारण केन्द्रीय कार्यसमितिको बैठक प्रभावित, आइतबारसम्म स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः दुई दिन पछाडि सरेको छ ।
बिहीबार राति जारी प्रेस विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्नेछ । मंसिर १२ गते शुक्रबार दिनको २ बस्ने भनिएको बैठक मंसिर १४ गते आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ गतेको निर्वाचनलाई बिथोल्ने गरेर गतिविधि गर्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनको नाममा कांग्रेसभित्र बबण्डर मच्चाउँदै आएका छन् ।
मुलुक संकटमा रहेका बेला नियमित महाधिवेशन गर्नुपर्ने र फागुन २१ गतेको निर्वाचनमा एकताबद्ध भएर जान नेताहरूले धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माका कारण पुनः कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रभावित भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया