महामन्त्रीद्वय गगन–विश्वको गतिविधि शंकास्पद, कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक दिन पछाडि सरेको छ ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्ने गृहकार्य गरेपछि बिहबार बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि सारिएको हो ।

‘२०८२ मंसिर ११ गते बिहीबार दिनको १४ः०० बस्ने भनिएको बैठक २०८२ मंसिर १२ गते शुक्रबार दिनको १४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनसम्मको गतिविधि गरेपछि सहमतिको प्रयासमा कार्यसमितिको बैठक एक दिन पछाडि सारिएको छ ।

Published : Wednesday, 2025 November 26, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया