एमालेको शान्तिपूर्ण कार्यक्रम बिथोल्न खोज्ने जेनजी दाबी गर्नेहरूलाई ‘धुलाई’

धनगढी । कथित जेनजी युवाको नाममा सडकमा उत्रिएर एमालेको कार्यक्रमलाई बिथोल्न खोज्ने सानो झुण्डले कुटाइ खाएको छ ।

बुधबार धनगढीमा एमालेको कार्यक्रममा सहभागी हुन आएका नेताहरूलाई अबरोध गर्ने र कार्यक्रम बिथोल्ने प्रयासमा लागेका केही अराजक समूह र एमालेका युवाहरूबीच झडप भएको छ । झडपमा एमालेका युवाहरूले जेनजीको नाममा शान्तिपूर्ण कार्यक्रम बिथोल्ने खोज्ने केही युवाहरूलाई धुलाइ गरेका छन् ।

जेनजीको नाममा धनगढी रंगशालाअगाडि सडकछेउको फुटपाथमा एमालेको कार्यक्रमलाई बिथोल्ने प्रयास भएको थियो । एमाले नेता महेश बस्नेतलाई कार्यक्रममा जान नदिन र कार्यक्रम बिथोल्ने प्रयास भएपछि केही युवाहरूले कुटाइ खाएका हुन् ।

आफूलाई जेनजी अगुवा बताउने सरिता जोशीले पनि कुटाइ खाएकी छिन् । जोशीको हातमा चोट लागेको छ । जेनजी दाबी गर्ने गोपाल बोहराले पनि गर्धनमा दनक भेटेका छन् ।

जेनजी दाबी गर्ने विष्णु खड्काले पनि दनक भेटेका छन् । मोटरसाइकलमा युवा संघको झन्डा बोकेका एमाले कार्यकर्ताले त्यही झन्डाको लाठीले आफूमाथि कुटपिट गरेको खड्काले बताएका छन् ।

एमालेका नेता महेश बस्नेतलाई धनगढी विमानस्थलबाट युवा संघका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङका साथ भव्य स्वागत गरेर ल्याएका छन् । संविधानले सबैलाई शान्तिपूर्ण गतिविधि र प्रदर्शन गर्ने अधिकार दिएको छ । एमालेको शान्तिपूर्ण कार्यक्रमहरूमा जेनजीको नाममा अबरोध गर्ने र बिथोल्ने प्रयासहरू विभिन्न स्थानमा भइरहेका छन् ।

धनगढीमा जेनजी बताउने केही व्यक्तिले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेपछि एमालेका युवाहरूको सामना गर्नुपरेको छ ।

Published : Wednesday, 2025 November 26, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया