एआईजी कार्की र दुई डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) ईश्वर कार्की र दुईजना प्रहरी नायब प्रहरी महानिरीक्षक (डीआईजीपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा आईजीपी कार्कीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.रामकुमार चौधरी रहेका छन् ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना कार्कीले दर्ज्यानी चिन्हबाट सुशोभित भएका प्रहरी अधिकृतहरूका धर्मपत्नी एवम् परिवारजनहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।
आईजीपी कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको आईजीपी कार्कीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया