कांग्रेसको नियमित महाधिवेशनका पक्षमा युवा, विद्यार्थीको बृहत भेलाको पूर्व तयारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका युवा, विद्यार्थी तथा भ्रातृ संस्थाहरूले नियमित महाधिवेशनको लागि बृहत भेला हुन लागेको भन्दै सहभागी हुन अनुरोध गरेका छन् ।

बुधबार काठमाडौंमा तयारी स्वरुप बसेको बैठकले मंसिर मंसिर १२ गते बृहत भेलामा सहभागी हुन अनुरोध गरिएको नेपाल कांग्रेस, बाग्लुङका सभापति जीतबहादुर शेरचनले बताए । कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमा हुनुपर्ने पक्षधर युवा, विद्यार्थीको बृहत भेला हुन लागेको सभापति शेरचनले बताए ।

युवा तथा विद्यार्थीको बृहत भेला काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा शुक्रबार बिहान ११ बजे बृहत् भेला हुनेछ ।

तयारी बैठकमा बाग्लुङ कांग्रेसका शेरचन, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना लगायतको उपस्थित रहेको थियो ।

बृहत भेलामा विभिन्न ठाउँबाट ¥यालीसहित युवा तथा विद्यार्थी एवम् कांग्रेसका कार्यकर्ताहरूको उपस्थित हुनेछ ।

बृहत भेलामा नियमित महाधिवेशनको भावनामा केन्द्रित रहेर वक्ताहरूले सम्बोधन गर्ने तयारी रहेको नेविसंघका केन्द्रीय सदस्य मनीषजङ्ग थापाले बताएका छन् ।

Published : Wednesday, 2025 November 26, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया