भीमादमा झण्डै एक सय जेनजी कांग्रेसमा प्रवेश, नेता भण्डारीद्वारा स्वागत
भीमाद । नेपाली कांग्रेस भीमाद नगर कार्यसमिति, तनहुँमा झण्डै एक सय (जेनजी) युवाहरू पार्टी प्रवेश गरेका न् ।
मंगलबार भीमादमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले झण्डै एक सय जेनजीहरूलाई पार्टी प्रवेश गराएका हुन् । उनले कांग्रेसले मात्रै जेनजी पुस्ता अर्थात् युवाहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन सक्ने बताए ।
कांग्रेस प्रवेश गर्नेमा एमाले, माओवादी, रास्वपा लगायतका स्वतन्त्र आस्था राख्ने स्थानीय नेता कार्यकर्ता रहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति चुडामणि खनाललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम नगर सभापति अरबिन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । युवाहरूको आकर्षक सहभागितासँगै भीमाद क्षेत्रमा संगठन विस्तार र राजनीतिक सक्रियता थप मजबुत भएको नेताहरूले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया