गुरुराजहरूलाई कांग्रेस बिभाजनका लागि बिष नघोल्न नेविसंघ नेतृ मल्लको चेतावनी
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)की केन्द्रीय सदस्य श्रृजना मल्लले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि लगाइएका लाञ्छनाहरूको प्रतिवाद्ध गरेकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेविसंघ नेतृ मल्लले सभापति देउवालाई आधारहीन आरोप थोपर्ने कांग्रेसका नेता गुरुराज घिमिरेलाई जथाभावी नबोल्न चेतावनी दिएकी छिन् । उनले भनेकी छिन्, ‘नेतृत्वको आलोचना गर्ने नाममा यतिसम्मका आधारहीन आरोप थोपार्नु राजनीतिक विश्लेषण होइन, व्यक्तिगत कुण्ठा र अवसरवादको प्रदर्शन हो ।’
‘आदरणीय सभापतिमाथि फुटपरस्त मनोविज्ञान जस्तो शब्द प्रयोग गर्नु आफैँमा चरम गैरजिम्मेवारी हो । कांग्रेस फुटाउने मानसिकता देउवामा छैन । पार्टीभित्र अनवरत बिष घोल्दै आफ्नो अस्तित्व देखाउन खोज्ने यिनै व्यक्तिहरूमा छ,’ नेतृ मल्लले भनेकी छिन् ।
‘पार्टीलाई कमजोर बनाउने वास्तविक कारण यिनै उत्तेजनात्मक अभिव्यक्ति, अनावश्यक भड्काइ र कुनै पनि कुरालाई सेन्सेसन बनाउने प्रवृत्ति हो,’ नेतृ मल्लले भनिन्, ‘कांग्रेसलाई विभाजनको दिशातिर धकेल्ने काम कसले गरिरहेको छ भनेर ईतिहाँस र संगठन दुवैले प्रमाणित गरिदिने छन् ।’
उनले लेखेकी छिन्, ‘खाली मिडियामा बोल्नु मात्रै राजनीतिमा परिपक्वता होइन । जब जिम्मेवारी कै अभाव झल्किन्छ, त्यस्तो नेतृत्वको दाबी नै हास्यास्पद बन्न जान्छ । यस्ता अपरिपक्व स्टन्टबाजी बन्द गर्नुस् ।’
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति देउवाविरुद्ध निकै निच र तल्लोस्तरको टिप्पणी गरेपछि आलोचनाहरू भइरहेका छन् । कहिल्यै पनि निर्वाचन जित्न नसकेका नेता घिमिरेले विशेष महाधिवेशनका नाममा कांग्रेसलाई बिभाजन गराउने हर्कतमा लागेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया