गृहमन्त्री अर्यालसहित सुरक्षा प्रमुखहरूद्वारा लुम्बिनीको दर्शन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन र परिसरको अवलोकन गरेका छन् ।
सोमबार सुरक्षा निकायका प्रमुखहरूसहित गृहमन्त्री अर्यालले लुम्बिनीस्थित भगवान गौतम बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरको दर्शन गरेका हुन् । गृहमन्त्री अर्याललाई लुम्बिनी विकास कोषले गरेको गतिविधिहरूका विषयमा पनि जानकारी गराइएको थियो ।
गृहमन्त्री अर्यालसँग गृहसचिव रामेश्वर दङ्गाल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्याल लगायतले भगवान बुद्धको पवित्र जन्मस्थान एवं विश्व सम्पदास्थल लुम्बिनीको भ्रमण गरेका हुन् ।
लुम्बिनी विकास कोषका कायम मुकायम सदस्य सचिव ज्ञानिन् राईले गृहमन्त्री अर्याललाई स्वागत गर्दै लुम्बिनी गुरुयोजना एवं विश्व सम्पदास्थल लुम्बिनीको बारेमा जानकारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया