काभ्रेपलाञ्चोक कांग्रेसका सभापति लामालाई पितृ शोक
काठमाडौं । नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक कांग्रेसका सभापति तीर्थबहादुर लामालाई पितृ शोक परेको भन्दै गहिरो दुःख व्यक्त गरेको छ ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर बागमती प्रदेश सभाका सदस्य तीर्थबहादुर लामाका पिता केशरबहादुर लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
‘स्वर्गीय लामाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ,’ शोक वक्तव्यमा भनिएको छ ।
स्व.केशरबहादुर लामाप्रति कांग्रेसले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
सोमबार स्व.केशरबहादुर लामाको गृहजिल्ला काभ्रेपलाञ्चोकमा अन्तिम दाहासंस्कार गरिएको छ । स्व.केशरबहादुर लामालाई परिवारजन र कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया