महामन्त्री थापाको कीर्ते हस्ताक्षरको भण्डाफोर, अरु २ महाधिवेशन प्रतिधिनले पनि फिर्ता लिए हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कीर्ते हस्ताक्षरको बलमा विशेष महाधिवेशन माग गरिरहेका बेला महाधिवेशन प्रतिनिधिहरू विक्रमसिंह धामी र गोकर्णबहादुर चन्दले हस्ताक्षर दुरुपयोग भएको जनाएका छन् ।

सोमबार महाधिवेशन प्रतिनिधिद्वय धामी र चन्दले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको नाममा आफूहरूले कहिँ कतै हस्ताक्षर नगरेको जनाएका छन् । ‘अन्य परियोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग भएकोमा, विशेष महाविधेशनको लागि कहिँ कतै हस्ताक्षर नगरिएको व्यहोरा अनुरोध गर्दछौं,’ धामी र चन्दद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

उनीहरूले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी एवम् केन्द्रीय सदस्य डा.आरजु राणा, जेनजी आन्दोलनको क्रममा आफ्नै विनासमा सांघातिक हमलामा परी गम्भीर घाइते अवस्थामा उपचारत रहेका बेला नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने परिकल्पना गर्न सकिँदैन ।’

सभापति देउवा र नेतृ डा.राणाको हत्या गर्ने उद्देश्यले भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा केही हिंसात्मक समूह प्रवेश गरेर सांघातिक आक्रमण गरेर गम्भीर रुपमा घाइते बनाएका बेला महामन्त्रीद्वय थापा र शर्माले स्वास्थ्य लाभको कामना समेत नगरी विशेष महाधिवेशनका नाममा कांग्रेसको नेतृत्व हत्याउने हर्कत गरेका थिए । उनीहरूले ५४ प्रतिशत हस्ताक्षर भनेर कीर्ते हस्ताक्षर गरेर पार्टी कार्यालयमा बुझाएका छन् । हस्ताक्षरको सनाखत गर्न माग भइरहेका बेला महामन्त्री थापा सनाखत गर्न मानेका छैनन् ।

Published : Monday, 2025 November 24, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया