रवि जेलभित्र रहेका बेला रास्वपाभित्र भाँडभैलो, काठमाडौंका सभापतिले दिए राजीनामा
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा सभापति रवि लामिछाने पुर्पक्षका लागि जेलभित्र रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् ।
आइतबार जिल्ला कार्यसमितिको बैठक बोलाएर विष्टले सभापति पदबाट राजीनामा दिएको जानकारी गराएका थिए । विष्टलाई राजीनामा नदिन पदाधिकारी र सदस्यहरूले आग्रह गरे पनि मानेनन् ।
सभापति पदबाट राजीनामा दिएको पत्र रास्वपाको बागमती प्रदेश समितिमा विष्टले बुझाएका छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं– १० बाट उम्मेदवार थिए ।
रास्वपाका नेताहरूको गलत हर्कत र गतिविधिले गर्दा विभिन्न नेता तथा कार्यकर्ताहरू धमाधम पार्टी परित्याग गरिरहेका छन् । केही रास्वपा परित्याग नगरे पनि पद त्याग गरेर निस्क्रिय बनेका छन् । केही दिन अगाडि सुमना श्रेष्ठ, सन्तोष परियार लगायतले पार्टी परित्याग गरेर आफ्नो बाटो लगाइसकेका छन् ।
रास्वपा छाड्ने तरखरमा अन्य सयौं नेताहरू पनि लाइनमा छन् । हजारौँ कार्यकर्ताहरूले रास्वपा छाडेर विभिन्न दलमा प्रवेश गरिसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया