धेरै कर तिर्ने १६ संस्था र व्यक्ति सम्मानित, विश्वकै धनीको सूचीमा परेका विनोद चौधरी अवसरबाट चुके
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो उद्योगिक र व्यापारिक घराना ठान्ने चौधरी ग्रुप राज्यलाई सबैभन्दा धेरै रक तिर्ने १६ संस्था तथा व्यक्तिमा पर्न सकेन ।
राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले मंसिर १ गते धेरै कर दाखिला गर्ने १६ संंस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । त्यसमध्ये ८ संस्था ठूलो करदाता रहेका छन् ।
ठूलो करदाता कार्यालयबाट प्राप्त विवरणअनुसार सबैभन्दा बढी दूरसञ्चार प्राधिकरणले पाँच अर्ब ९६ करोड ६ लाख ६१ हजार दुई सय ९२ रुपियाँ कर दाखिला गरेको छ । संस्थागततर्फ सबैभन्दा बढी कर दाखिला गरेका आधारमा प्राधिकरणलाई सम्मानित गरेको विभागले जनाएको छ ।
दोस्रो धेरै कर दाखिला गर्नेको सूचीमा रहेको इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब २७ करोड ७२ लाख २७ हजार दुई सय ६९ रुपियाँ दाखिला गरेको कार्यालयले जनाएको छ । बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट इन्भेष्टमेन्ट बैंक उत्कृष्ट करदाता घोषित भएको छ ।
भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरले ५८ करोड ८७ लाख ५१ हजार चार सय सात रुपियाँ कर दाखिला गरेको ठूला करदाता कार्यालयले जनाएको छ । भाटभटेनीले वस्तु व्यापारतर्फबाट सबैभन्दा बढी कर दाखिला गरेर सम्मानित भएको हो । भोटभटेनीले खाद्यान्न, लत्ताकपडासहित ग्रोसरीको कारोबार गर्दै आएको छ ।
युनिलिभर नेपालले ४३ करोड ७६ लाख ७७ हजार सात सय ४५ र डाबर नेपालले ३५ करोड ९६ लाख दुई हजार पाँच सय २२ रिुपयाँ कर दाखिला गरेका छन् । युनिलिभर विशेष उद्योगतर्फ र डाबर नेपाल वस्तु निर्याततर्फ सम्मानित भएका हुन् ।
ऊर्जामूलक उद्योगतर्फ सम्मानित भएको भोटेकोशी पावर कम्पनीले २९ करोड १६ लाख पाँच हजार एक सय ३५, पर्यटन व्यवसायतर्फ सम्मानित भएको सोल्टी होटेलले १४ करोड ९६ लाख ९० हजार नौ सय १२ र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्येबाट सम्मानित भएको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले १४ करोड ९६ लाख ९० हजार नौ सय १२ रुपियाँ कर दालिखा गरेको कार्यालयले जनाएको छ ।
थर्डआई इन्टरनेसनल, भेरिक्स नेपाल, पोसक ब्रिडर फार्म, सिडिएस एन्ड क्लियरिङ, आइएमई, नेपाल टेलिकम, भीएफ सर्भिसेज र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।
यता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद विनोद चौधरीको ‘चौधरी ग्रुप’ सम्मानित हुन पाएन् । चौधरी ग्रुपभन्दा धेरै संस्था र व्यक्तिहरूले राज्यलाई कर तिरेको तथ्याङ्कले देखाएको छ ।
विभागबाट सम्मानित हुनबाट चुकेपछि लाज बचाउन चौधरी ग्रुपले आर्थिक वर्ष ०८१÷८२ मा २५ अर्ब ५९ करोड रुपियाँ कर तिरेको दाबी गरेर प्रेस विज्ञप्ति जारी गरेको छ ।
मंसिर १ गते आयोजित राष्ट्रिय कर दिवसमा चौधरी ग्रुप उत्कृष्ट करदातामा नपरेको भन्दै सर्वसाधारणले चौधरी ग्रुपको आलोचनाका छन् । आलोचना भएपछि चौधरी ग्रुपले विज्ञप्तिमार्फत सरकारलाई कर बुझाएको दाबी गरेको छ ।
कांग्रेस नेता विनोद चौधरी र चौधरी ग्रुप विश्वको धनीको सूचीमा परेको छ । विश्वको धनीको सूचीमा परे पनि नेपाललाई कर बुझाउनेहरू र सम्मानित हुनेहरूको सूचीमा नपरेपछि चौधरी ग्रुपको व्यापारमाथि गम्भीर प्रश्न उठेको छ । चौधरी ग्रुपको व्यापारमाथि सुक्ष्म ढङ्गले अनुसन्धान गर्न माग उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया