मध्यावधि निर्वाचनमा भाग लिने कांग्रेसको बोल्ड निर्णय, राष्ट्रिय राजनीतिमा हलचल
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको मध्यावधि निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कीर्ते हस्ताक्षर गराएर विशेष महाविधेशनका नाममा कांग्रेसलाई राष्ट्रिय राजनीतिमा निर्णय गर्न दिएका थिएनन् । कांग्रेसले बल्ल निर्वाचनका विषयमा आफ्नो धारणा स्पष्टरुपमा सार्वजनिक गरेको छ । कांग्रेस निर्वाचनमा सहभागी हुने निर्णयले देशभरि रक्तसञ्चार परिचालन भएको छ ।
‘निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेनजेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
‘निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ । तर, हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसकनु— यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन्,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
‘तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया