गगनकै शब्दमा ‘ईफ, बट, कमा’ केही नभनेर कांग्रेस निर्वाचनमा प्रवेश, दल दर्ता गर्ने निर्णय
काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको छ ।
शनिबार पार्टी कार्यालय, सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिअनुसार कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको हो । यो निर्णयसँगै कांग्रेस निर्वाचनमा होमिएको छ । महामन्त्री गगन थापाको शब्दमा भन्ने हो भने ‘ईफ, बट, फुलिस्टप, कमा’ केही पनि नभनेर कांग्रेस निर्वाचनमा प्रवेश गरेको छ ।
‘संवत् २०८२ साल माघ ११ (एघार) गते आइतबारको दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र संवत् २०८२ साल फागुन २१ (एक्काईस) गते बिहीबारको दिन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भनेर कीर्ते हस्ताक्षरसहित बबण्डर मच्चाइरहेका बेला कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गरेर निर्वाचन प्रक्रियामा अगाडि बढेको छ ।
जेनजीको नाममा भदौ २४ गते सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले अराजक जत्थाले निवासभित्र प्रवेश गरेर सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भइ अस्पतालमा उपचाररत रहेका सभापति देउवालाई ‘कु’ गरेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको नेतृत्व हत्याउन कीर्ते हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए ।
जेनजीको आन्दोलन कांग्रेसको नेतृत्व हटाएर गगन वा विश्वप्रकाशलाई बनाउनु थिएन । उनीहरूले कांग्रेसमा धमिलो पानीमा माछामार्ने प्रयास गरेका थिए । त्यो प्रयास असफल भएको छ । गगन र विश्वले हावा खाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया