मिराज ढुङ्गानाको जेनजी समूहभित्र हातहालाहाल, कार्यालयमा तोडफोड

काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको कार्यालयमा तोडफोड र ढुङ्गा प्रहार भएको छ ।

बुधबार साँझ ६ बजेतिर मिराजको समूहबीच आपसमा विवाद हुँदा काठमाडौंको नक्सालस्थित कार्यालयमा तोडफोड र हातपात भएको हो ।

मिराज समूहभित्र विवाद हुँदा तोडफोड र ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी कार्यालयमा पुगेको थियो ।

कार्यालय तोडफोड र हातपात गर्ने व्यक्तिहरू कुनै पार्टीका कार्यकर्ता नभएको प्रहरीले जनाएको छ । मिराज ढुङ्गानाककै साथीहरूले आक्रमण गरेका थिए ।

आक्रमणपछि मिराज ढुङ्गानाले आफ्नो कार्यालय र साथीहरूमाथि हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका छन् । मिराज ढुङ्गानाले ‘गरी खान देऊ’ नामक समूह घोषणा गरेका छन् ।

Published : Thursday, 2025 November 20, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया