सहमति खोज्न कांग्रेस नेतृत्वद्वारा कार्यसमिति बैठक स्थगित, कीर्ते हस्ताक्षरको सनाखत हुनुपर्ने माग
काठमाडौं । निर्वाचनलाई बेवास्ता गर्दै महामन्त्री गगन थापाले पार्टीभित्र बबण्डर मच्चाएपछि सहमति खोज्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको प्रयास स्वरुप कार्यसमितिको बैठक स्थगित गरेका हुन् । महामन्त्री थापाले कांग्रेसको नेतृत्व बल प्रयोग गरेर जबरजस्ती हत्याउन विशेष महाधिवेशन भन्दै बबण्डर मच्चाएका छन् ।
महामन्त्री थापाले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न दिएका छैनन् । अन्तरिम सरकारले फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गरिसकेको छ । अन्य राजनीतिक दलहरू निर्वाचनको तयारीमा लागेका छन् ।
महामन्त्री थापाले विशेष महाधिवेशन भनेर हस्ताक्षर अभियान चलाएर कांग्रेसको नेतृत्व हत्याउन खोजेका छन् । कांग्रेसको प्राथमिकता निर्वाचन हो वा महाधिवेशन हो निर्णय हुन सकेको छैन ।
बिहीबार बस्ने भनिएको कार्यसमितिको बैठक अब मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ । कांग्रेसको कार्यसमितिको बैठक यसअघि दुई पटक स्थगित भइसकेको छ ।
महामन्त्री थापाले कीर्ते हस्ताक्षर गर्न लगाएर विशेष महाधिवेशनका लागि बुझाएको आरोप छ । विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर सनाखत गर्न केन्द्रीय कार्यसमितिमा आवाज उठिसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया