कीर्ते हस्ताक्षरले तनाबमा गगन समूह, वैदेशिक रोजगार व्यवसायीको घरमा बसेर कांग्रेसविरुद्ध गतिविधि
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि कथित ५५ प्रतिशत हस्ताक्षर बुझाएको दाबी गर्दै आएको महामन्त्री गगन थापा समूहले पार्टीभित्र विभाजन हुने गरेर गतिविधि गरिरहेको छ ।
बुधबार अनामनगरस्थित महामन्त्री थापाको सम्पर्क कार्यालयमा विशेष महाधिवेशनको नाममा पत्रकार सम्मेलन गरेर पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएका छन् । पत्रकार सम्मेलनमा महामन्त्री थापा आउने भनिए पनि अन्तिम समयमा आएनन् ।
कीर्ते हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको माग गरेर बुझाइएको हस्ताक्षरको सनाखत गर्न माग उठेका बेला महामन्त्री थापा निकटका नेताहरूले पत्रकार सम्मेलन गरेर बबण्डर मच्चाएका छन् । उनीहरूले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा भन्दा पनि कांग्रेस कब्जा गर्ने गरेर गतिविधि गरेका पत्रकार सम्मेलनमा दिइएका अभिव्यक्तिले देखाएको आरोप लागेको छ ।
नेता डा.शेखर कोइरालाले पनि विशेष महाधिवेशनको पक्षमा आफू नरहेकोे जवाफ दिएपछि गगन थापा समूह निकै तनाबमा परेको छ । विशेष महाधिवेशनको माग तुहिने अवस्थामा पुगेको छ ।
सरकारले फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गरिसकेको छ । सरकार र निर्वाचन आयोगले निर्वाचनको तयारी गरिरहेको छ । महामन्त्री थापा भने आफू निकटका नेता, कार्यकर्ताहरूलाई उचालेर विशेष महाधिवेशनको नाममा बबाल गरिरहेका छन् ।
वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाटले महामन्त्री थापालाई अनामनगरस्थित आफ्नो भवनमा निःशुल्क रुपमा सम्पर्क कार्यालय स्थापना गरिदिएका छन् । सोही भवनमा बसेर गगन थापा समूहले गतिविधि गर्दै आएको छ ।
बुधबारको पत्रकार सम्मेलनमा नेताहरू गुरुराज घिमिरे, पूर्वकेन्द्रीय सदस्य किरण गिरी, देवराज चालिसे, मनोजमणि आचार्य, लुम्बिनी प्रदेश कांग्रेसका सभापति अमरसिंह पुन, धादिङ कांग्रेसका पूर्वजिल्ला सभापति रमेश धमला, टेकराज पौडेल, लेखनाथ न्यैपाने, डिल्लीराम सुवेदी, रीता ढकाल, अमिता प्रधानलगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया