प्रधानमन्त्री कार्कीद्वारा आह्वान गरिएको बैठकमा कांग्रेस सहभागी, डा.महत उपस्थित
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस पनि सहभागी भएको छ ।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीद्वारा आह्वान गरिएको बैठकमा कांग्रेसबाट प्रवक्ता डा.प्रकाशशरण महत सहभागी भएका छन् । कांग्रेसले प्रवक्ता डा.महतलाई बैठकमा पठाएको छ ।
कांग्रेस प्रवक्ता डा.महतले पार्टीको धारणा राख्नेछन् । उनले निर्वाचनका विषयमा शान्ति सुरक्षा पहिलो सर्तका रुपमा उठाउनेछन् ।
कांग्रेसलाई प्रधानमन्त्री कार्कीले विशेष महत्व दिएकी छिन् । कांग्रेस विघटित प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका रुपमा रहेको छ । प्रवक्ता डा.महतलाई प्रधानमन्त्री कार्कीले आफ्नै छेउ देब्रेतर्फ राखेर कांग्रेसप्रति सद्भाव देखाएकी हुन् ।
नेपाल प्रहरीको मनोवल गिराउने गरेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गतिविधि गरिरहेको छ । केही अराजक समूहहरूले जेनजीको नाममा शान्ति सुरक्षमा खलल पुग्ने गरेर गतिविधि गरिरहेका छन् । ती गतिविधि अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने कांग्रेसको धारणा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया