नजर उठाएर कुरा गर्न सक्दैनन् बालेन, प्रधानमन्त्रीसँगको बैठकमा अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ अनुपस्थित भएका छन् ।

सोमबार बालुवाटारमा काठमाडौं उपत्यकाका महानगरपालिका र नगरपालिकाका मेयरहरूले प्रधानमन्त्री कार्कीसँग संयुक्त रुपमा छलफल गरेका छन् । प्रधानमन्त्री कार्कीसँगको छलफलका लागि मेयर बालेनलाई पनि बोलाइएको थियो । बालेनलाई प्रधानमन्त्री कार्कीसँगको भेटका लागि सूचना पठाए पनि उनी आएनन् ।

काठमाडौं उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग फोहोर व्यवस्थापनलगायत विषयमा छलफल गरेको छ । बालेन अनुपस्थित रहेका र उनी मेयर्स फोरमको बैठकमा उपस्थित नहुने गरेको यसअघि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सार्वजनिक अन्तर्वार्ताका क्रममा बताइसकेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलेपछि बालेनको आलोचना हुँदै आएको छ । बालेनकै उक्साहट र आह्वानमा सिंहदरबारमा आगो लगाएको आरोप लागेको छ ।

सिंहदरबार र सर्वोच्च अदालत आगोले जल्दै गर्दा बालेनले काठमाडौं महानगरपालिकाको दमकल पठाएका थिएनन् ।

बालेनले सार्वजनिक रुपमा कुनै पनि व्यक्तिको अनुहार हेरेर कुरा गर्न सक्दैनन् । कोठाभित्र एक्लै बसेर फेसबुकमा स्टाटस लेखेर धम्काउने र अभिव्यक्ति दिँदै आएका छन् ।

Published : Tuesday, 2025 November 18, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया