कांग्रेसको पहिलो प्राथमिकता फागुन २१ को निर्वाचन हुनुपर्छ : नेता डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीको पहिलो प्राथमिकता फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टी २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा नेता डा.कोइरालाले अहिलेको बेला निर्वाचनलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् । उनले पार्टीको पहिलो प्राथमिकता फागुन २१ गतेको निर्वाचन हुनुपर्ने बताएका छन् ।

डा.कोइरालाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘महाधिवेशन पनि पार्टी जीवनका लागि महत्वपूर्ण हुन्छ । त्यसलाई आपसी सहमतिमा टुंगो लगाउनु पर्दछ ।’

महामन्त्री गगन थापाले कांग्रेसलाई राष्ट्रिय राजनीतिको मुद्दामा प्रवेश गर्न दिएका छैनन् । थापाले विशेष महाधिवेशनको नाममा बबण्डर मच्चाइरहेका छन् ।

सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट गमभीर घाइते भएका सभापति देउवाले अस्पतालमा उपचार गराइरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस कब्जा गर्न विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर अभियान चलाएका छन् ।

Published : Monday, 2025 November 17, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया