सभापति देउवाद्वारा पदाधिकारीहरूसँग परामर्श, हिम्मत भए गगन-विश्वले महामन्त्रीबाट राजीनामा दिए हुन्छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूसँग पछिल्लो अवस्थाका बारेमा बिफ्रिङ लिएका छन् ।
काठमाडौंस्थित आफ्नै निवासमा देउवाले शनिबार र आइतबार गरि दुई दिन पदाधिकारी र नेताहरूसँग पार्टीको जारी केन्द्रीय कार्यसमितिको छलफलको विषयमा बिफ्रिङ मागेका हुन् । समाजिक सञ्जाल र आफू निकटका पेड मिडियामा ठूला गफ दिँदै आएका पदाधिकारी र नेताहरूले सभापति देउवासमक्ष गतिलो जवाफ दिन सकेका छैनन् ।
सभापति देउवाले आफू उपचारका लागि सिङ्गापुर जाने बेला उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए । खड्का र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिलाई टुङ्गो पु¥याउन सकेका छैनन् ।
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न दिएका छैनन् । नेतृत्व परिवर्तनको कुरा उठाएर थापा र शर्माले कांग्रेसभित्र बबण्डर मच्चाएका छन् ।
आइतबार सभापति देउवासँग भेट गरेर आएपछि महामन्त्री शर्माले आफू विशेष महाधिवेशनको पक्षमा रहेको र पदमा नै नरहने भनेर अभिव्यक्ति सार्वजनिक गरेका छन् । चार वर्षको कार्यकालमा शर्माले पार्टीभित्र सिन्को पनि भाँच्न सकेका छैनन् । १४औँ महाधिवेशनका बेला आफैले महाधिवेशन प्रतिनिधिहरूलाई बाँडेको घोषणा पत्र कार्यान्वयन समेत भएको छैन ।
चार वर्षसम्म जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न नसक्ने शर्मालाई महामन्त्री पदमा बसीरहने अधिकार छैन । महामन्त्री पदबाट शर्माले राजीनामा दिएर बाहिर बसेर पार्टी नेतृत्वलाई सहयोग गर्नुपर्ने सुझावहरू आइरहेका छन् ।
हिम्मत भए अर्का महामन्त्री थापाले पनि पदबाट राजीनामा दिएर नेतृत्वलाई सहयोग गर्नुपर्ने सुझावहरू आइरहेका छन् । थापाले कांग्रेसभित्र सबैभन्दा धेरै भाँडभैलो मच्चाएका छन् ।
महामन्त्री थापा चार कार्यकाल सांसद भएका छन् । पहिलो पटक समानुपातिक सांसद बने । तीन पटक काठमाडौं क्षेत्र नं. ४ बाट निरन्तर सांसद बनेका छन् । पार्टीको केन्द्रीय सदस्य र महामन्त्री पदमा निरन्तर थापा बसेका छन् । थापाले यो चार कार्यकाल अर्थात २० वर्षसम्म के गरेका छन् ? महामन्त्री थापामाथि पनि गम्भीर प्रश्न छ । गफ दिन सजिलो छ । काम गरेर देखाउन सहज छैन । थापाले २० वर्षसम्म चार पटक सांसद बनेर के गरेका छन् ? कांग्रेसका कार्यकर्ताले जवाफ मागेका छन् ।
निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसलाई एकजुट बनाएर महामन्त्री थापा र शर्माले निर्वाचनमा केन्द्रित बनाउने बेला विशेष महाधिवेशनको बहानामा बबण्डर मच्चाएका छन् । प्रतिनिधिसभाको निर्वाचन भन्दा अगाडि कुनै पनि हालतमा कांग्रेसको महाधिवेशन हुँदैन ।
महामन्त्रीद्वय थापा र शर्माले हिम्मत छभने विशेष महाधिवेशन गरेर देखाउन् । होइन भने नैतिकताको आधारमा महामन्त्री पदबाट राजीनामा दिएर पार्टी नेतृत्वलाई राष्ट्रिय राजनीतिमा निर्णय गरेर जान बाटो छाडिदिनुपर्छ ।
सभापति देउवाले उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर जाँदा समेत कांग्रेसलाई महामन्त्रीद्वय थापा र शर्माले अनिर्णयको बन्दी बनाएका छन् ।
कांग्रेसलाई कमजोर बनाउने गतिविधि गरिरहेका महामन्त्रीद्वय थापा र शर्माको खेल धेरै कांग्रेस कार्यकर्तालाई थाहा छ । महामन्त्रीद्वय थापा र शर्माबाट कांग्रेस बचाउन कांग्रेसका नेता तथा कार्यकर्ताहरू जबरजस्त रुपमा उत्रिनुपर्ने समय आएको टिप्पणी हुन लागेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया