प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्नेगरी कार्यक्रम प्रकाशन गरेको छ ।
आइतबार आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गरेर फागुन २१ गते हुने पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने बताएका छन् ।
मनोनयन दर्ता भएपछि ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम छ । दिउँसो ३ बजेदेखि भोलिपल्ट बेलुकी ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी बेलुकी ७ बजेसम्ममा नामावली प्रकाशन गर्ने भनिएको छ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्ति नामावली प्रकाशन गरिनेछ ।
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गर्ने कार्यक्रम छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ मंसिर २० गतेदेखि सञ्चालन हुनेछ । मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेस्म सानुपातिक निर्वाचना भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्ने कार्यतालिका छ ।
मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने तालिका छ ।
पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेस्म राजनीतिक दलहरूले बन्दसूची पेश गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुने सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
मतदाता नामावलीमाथि दावी विरोध तथा निवेदनमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुने कार्यक्रम छ ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ ।
पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने भनिएको छ ।
पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने प्रवक्ता भट्टराईले बताएका छन् ।
माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको लागि निर्वाचन हुँदैछ । एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्छन् । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ नयाँ सदस्य आउँछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया