केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा सहभागी हुने, आफ्नो दृष्टिकोण राख्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले असोज २६ गते बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित भएर सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.महतले असोज २६ गतेको बैठकमा सभापति देउवा आफै आएर सम्बोधन गर्ने बताए । डा.महतले भने, ‘२६ गतेको मिटिङमा वहाँ (सभापति शेरबहादुर देउवा) पनि आउनु हुन्छ । आफ्नो दृष्टिकोण राख्नु हुन्छ । सघन छलफल भइरहेको छ । वहाँसँग पनि छलफल हुन्छ । सामूहिक निष्कर्ष निकाल्छौँ ।’

विशेष महाधिवेशन र कांग्रेसको नयाँ नेतृत्वका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै डा.महतले भने, ‘अधिवेशनले नै…हाम्रो सभापतिज्यूले नै पहिलानै भनिदिनुभएको छ म बन्दिन भन्नुभएको छ । अधिवेशनले नै अर्को नेतृत्व चयन गर्छ ।’

Published : Friday, 2025 October 10, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया