कांग्रेसका युवाहरूद्वारा सभापति देउवासहितका नेताहरूको चरित्रहत्या गर्न राखिएका तस्बिरहरू हटाए
काठमाडौं । नेपाली कांग्रेसका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा राखिएका कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूको तस्बिरलाई हटाएका छन् ।
बिहीबार माइतीघर मण्डलामा पुगेका ३०/४० जना युवाहरूले शान्तिपूर्ण रुपमा कांग्रेसका नेताहरूको चरित्रहत्या हुने गरी राखिएका तस्बिर र ब्यानरहरू हटाएका हुन् । कांग्रेसका महाधिवेशन प्रतिनिधि चामबहादुर थापाले भने, ‘पार्टी सभापति आदरणीय शेरबहादुर देउवा, नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा र पूर्वगृहमन्त्री रमेश लेखकज्यूको चरित्रहत्या हुने गरी राखिएका तस्बिरहरू हटाएका छौँ ।’
थापाले भने, ‘हामीले शान्तिपूर्ण रुपमा ती तस्बिरहरू हटाएका छौँ । प्रहरीले केही नगर्नुस् भन्नुभएको थियो । हाम्रा नेताहरूको चरित्रहत्या गर्न केही समूहले राखेका तस्बिरहरू हामी आफै लैजान्छौँ भनेर प्रहरीसँग अनुरोध गरेर ल्याएका छौँ ।’
यसअघि, बुधबार साँझ एमाले र माओवादी केन्द्र निकटका युवाहरूले केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको चरित्रहत्या गर्ने गरी राखिएका तस्बिरहरू हटाएर लगेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया