बालेन र सुदनविरुद्ध विभिन्न जिल्लाहरूमा जाहेरी, अब जिना हराम
काठमाडौं । एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध काठमाडौं लगायत विभिन्न जिल्लाहरूमा कारबाहीको मागसहित किटानी जाहेरी दिएको छ ।
अनेरास्ववियुका नेताहरूले काठमाडौं, चितवन लगायतका जिल्लाहरूमा बालेन र सुदनलाई कारबाहीको मागसहित जाहेरी दिएका हुन् । जाहेरी परेसँगै बालेन र सुदनलाई तनाब सिर्जना भएको छ ।
अनुरास्ववियु चितवनका जिल्ला संयोजक अमित आचार्यले बालेन र सुदनलाई कारबाहीको मागसहित प्रहरीमा किटानी जाहेरी दिएको बताएका छन् ।
बालेन र सुदनविरुद्धको जाहेरी प्रहरीले बुझेको छ । जाहेरीलाई प्रहरीले दर्ता गर्न बाँकी रहेको आचार्यले बताएका छन् ।
देशभर जेनजी पुस्ताको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै अनेरास्ववियुले बालेन र सुदनविरुद्ध विभिन्न आरोप लगाएर जिल्लाहरूमा उजुरी दिइरहेको छ ।
जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको आचार्यले बताए । चितवनका एसपी गोविन्द पुरीले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताएका छन् ।
बालेन र सुदनविरुद्ध काठमाडौंसहित विभिन्न जिल्लाहरूमा किटानी जाहेरी परेपछि उनीहरूलाई तनाबको स्थिति सिर्जना भएको छ । अहिले उनीहरूलाई कारबाही गर्न ढिलाइ भए पनि भविष्यमा बालेन र सुदनमाथि ठूलो कारबाहीको ढोका खुलेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया