पहिला जंगलराज अन्त्य गर्न कांग्रेस मिलाउनु पर्ने बेला गगन-विश्वले घरभित्रै भाँडभैला मच्चाए

काठमाडौं । जेनजी आन्दानको बहानामा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले धमिलो पानीमा माछामार्ने प्रयास गर्दै नेतृत्व हत्याउन सकिन्छ की भन्ने गतिविधिहरू गरिरहेका छन् ।

कांग्रेसको महाधिवेशन नियमित महाधिवेशन आउन दुई महिना मात्रै बाँकी छ । दुई महिनाको समय पनि पर्खिन नसकेर गगन–विश्वले गैरराजनीतिक चरित्र देखाएको आरोप लागेको छ । अहिलेको हिंसा, जंगलराज र राजनीतिक अस्थिरताका बेला सबैभन्दा पहिला कांग्रेसभित्र एकता हुनु पर्ने थियो । सबैभन्दा पहिला संविधानलाई ट्रयाकमा ल्याउन पहल गर्नुपर्ने थियो । जंगलराजको अन्त्य गरेपछि गगन–विश्वले पार्टीभित्र नेतृत्व परिवर्तनको कुरा उठाएको भए सबैभन्दा बुद्धिमानी हुने थियो । उनीहरूमा त्यो धैर्यता र बुद्धिमानी देखिएन । गगन–विश्वमा जेनजी आन्दोलनको बहानामा नेतृत्वमा पुग्न निकै हतार भएर हस्ताक्षर अभियान चलाउँदा दश प्रतिशतमा रोकिनु परेको छ । उनीहरूको हस्ताक्षर अभियान तुहिएको छ । गगन–विश्वले पार्टीभित्र एकता ल्याउने भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई सबैभन्दा महत्व ठाने ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणाको ज्यान लिने योजनासहित सांघातिक आक्रमण भयो । त्यो आक्रमणको महामन्त्रीद्वय गगन–विश्वले निन्दा समेत गरेनन् । मानवीय समवेदना समेत देखाएनन् । गगन–विश्वलाई कांग्रेसको नेतृत्वको सभापति देउवालाई विस्थापित गरेर कसरी कब्जा गर्न सकिन्छ भनेर निरन्तर आक्रमण गरिरहे ।

सभापति देउवा १५औँ महाधिवेशन सभापतिको उम्मेदवार पनि बन्न पाउँदैनन् । विधानले देउवालाई सभापतिमा उम्मेदवार बन्न रोकेको छ । देउवाले समेत १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने भनेर घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा गगन–विश्वलाई किन हतार भयो ? गम्भीर प्रश्न उठेको छ ।

महामन्त्री गगन नै क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको समितिको संयोजक छन् । थापाले १५औँ महाधिवेशन आउन दुई महिना बाँकी रहेका बेलासम्म पनि क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकिरहेका छैनन् । गगनले क्रियाशील सदस्यताको विवाद समयमा समाधान गरेर सभापति देउवालाई प्रतिवेदन बुझाएर नियमित महाधिवेशनका लागि दवाव सिर्जना गर्नुपर्ने थियो । आफ्नो जिम्मेवारीबाट निरन्तर भागिरहने । दोषभरि सभापति देउवालाई दिने महामन्त्रीद्वय गगन–विश्वको गतिविधिलाई कांग्रेसका कार्यकर्ताले रुचाएका छैनन् । कांग्रेस गगन–विश्वको मात्रै होइन । गाउँका कार्यकर्ताको पनि हो ।

गगन–विश्वले विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियानमा छन् । महामन्त्रीद्वय गगन–विश्वले निकै कच्चा कार्य गरेको आरोप र टिकाटिप्पणी भएका छन् । नेपाली कांग्रेसको वर्तमान कार्य समितिको अवधि मंसिरमा सकिदै छभने किन र ? केका लागि र कसको लागि विशेष महाधिवेशन ? नियमित महाधिवेशन गर्नतिर किन नलाग्ने भनेर कार्यकर्ताहरूले प्रश्न उठाएका छन् ।

क्रियाशील सदस्यताको टुङ्गगो लगाउने जिम्मेवारी गगन–विश्वमा नै थियो । गगन–विश्वले नै म्याद थप गर्ने सर्कुलर पठाएका थिए । समयसीमाभित्र क्रियाशील सदस्यता टुङ्गगोमा पुर्‍याएको भए विशेष महाधिवेशनको कुरा नै उठाउनु पर्ने थिएन । गगन–विश्वको असफलताको भारी अरुले बोक्नु पर्ने हो ? यसको जिम्मेवारी लिनु पर्ने हो कि होइन ?

नियमित अधिवेशन गरेका भए तमाम नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले परिवर्तन खोजेका थिए । यो आवाज, अभियान तथा आन्दोलनको नेतृत्व गगन–विश्वले नै पाउने सम्भावना थियो ।

गगन–विश्वले विशेष महाधिवेशनको मागलाई रटान लगाउँदै जाँदा यस विषयमा आउने सनाखत, समय अवधि, बहिर्गमन संख्या जस्ता कानूनी र प्राविधिक अड्चनबारे पूर्ण जानकारीमा छन् । बुझ्न नसकेको कुरा तर, पनि किन पार्टीका नेता, कार्यकताहरूलाई अनावश्यक यो काममा दुःख दिइरहेका छन् भनेर गगन–विश्वमाथि प्रश्न उठेको छ ।

विशेष महाधिवेशनमार्फत पुरानै प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दा कतिको विधि सम्मत् र लोकतान्त्रिक हुन सक्छ ? महामन्त्रीद्वय गगन–विश्वमाथि प्रश्न उठेको छ । कार्यकर्ताहरूले विशेष महाधिवेशन भन्दा पनि दुई महिनापछि नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

Published : Wednesday, 2025 October 8, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया