भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी अपराध प्रहरी टेकुद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालय, टेकुले भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी ३६ वर्षीय सन्देश शर्मालाई पक्राउ गरेकाे छ ।
आइतबार ललितपुरकाे बखुण्डाेलबाट अपराध महाशाखाको टाेलीले शर्मालाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ । शर्मा फरार रहेका थिए ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भएका शर्मा भुटानी शरणार्थी प्रकरणका अभियुक्त हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपाेखरीका प्रहरी प्रमुख (एआइजी) दानबहादुर कार्कीले मातहतलाई फरार प्रतिवादीहरू सबैकाे सूची बनाएर पक्राउ गर्न निर्देशन दिएका छन् ।
Published : Sunday, 2025 October 5, 2:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया