ललितपुरका मेयरले दिए तीन सुरक्षा निकायलाई सुरक्षा सामग्रीहरू, बालेन जस्तो प्रचारमुखी छैनन् चिरीबाबु
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विपदकाे उद्वारका लागि नेपाल प्रहरीसहित तीन वटै सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् ।
शनिबार मेयर महर्जनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनालाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी हार्नेसलगायतका उद्दारका सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै मेयर महर्जनले गत वर्षको बाढीबाट शिक्षा लिई यस पटक पानीजन्य विपदबाट जोगिन आफूहरू पूर्णरुपमा तयार रहेको बताए ।
उनले भने, ‘गत वर्षको घटनालाई मध्यनजर गरेर चारवटा डुङगा खरिद गर्यौं । डुङगा खरिद मात्र गरेको होइन त्यसका लागि तालिम पनि लिएका हौं । सोही बमोजिम हामीले पानीजन्य तालिमको व्यवस्थापन गर्यौ र अहिलेको अवस्थामा पूर्णरुपमा तयारीमा छौ । सुरक्षा पहिलो भएकाले यसमा कुनैपनि सम्झौता गर्न पाइँदैन र गर्न हुँदैन ।’
उनले ललितपुर महानगरपालिका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा देशभर रहेका ७५३ वटा पालिकाहरूमध्ये उत्कृष्ट रहेको बताए ।
जेनजी आन्दोलनका क्रममा दमकलमा आगजनी गरिदिंदा दुःख लागेको भन्दै मेयर मयर महर्जनले त्योभन्दा राम्रो गुणस्तरको दुईवटा दमकल खरिदको प्रक्रियामा रहेको जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कामभन्दा धेरै प्रचार सामाजिक सञ्जालबाट गर्दै आएका छन् । बालेन सिंहदरबार जल्दा दमकल नपठाएर रमिता हेरेर बसे । सार्वजनिक बिदाकाे दिन सरकारी गाडी चढेकी बालेनकी पत्नी सवार चालकसंग कागजपत्र माग्दा बालेनले सिंहदरबार जलाउने धम्की दिए । त्याे धम्कीको दुई वर्षमै सिंहदरबार जल्याे । सिंहदरबार र सर्बोच्च अदालत जल्दा बालेनले दमकल नपठाएपछि अर्को दिन ललितपुरका मेयर महर्जनले दमकल पठाएर आगाे निभाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया