अध्यक्ष गुरुङद्वारा विपदकाे संकटमा परेका नागरिकहरूकाे उद्वारमा खटिन तरुणहरूसंग अपील
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विपदकाे समयमा समस्यामा परेका नागरिकहरूकाे उद्वारमा खटिन देशभरिका तरुणहरूसंग अपील गरेका छन् ।
शनिबार प्रेस नाेट जारी गरेर अध्यक्ष गुरुङले विपदकाे समयमा सुरक्षित रहन सबै नागरिकहरूसंग अनुराेध गरेका छन् । उनले विपदकाे संकटमा परेका नागरिकहरूकाे उद्वारमा खटिएर मानव सेवा गर्न आग्रह गरेका छन् ।
विपदकाे सामना गर्न सबै नागरिकहरू एक हुनु पर्ने उनले बताएका छन् । नागरिकहरूकाे उद्वार र सहयोगमा अग्रणी माेर्चामा खटिएको नेपाल प्रहरीको तरुण अध्यक्ष गुरुङले प्रशंसा गरेका छन् । अन्य सुरक्षाकर्मीहरूकाे भूमिका पनि प्रशंसनीय रहेकाे उनले बताए ।
तरुण अध्यक्ष गुरुङले नेपाल प्रहरीले विपदबाट वचन दिएका सुझाव, निर्देशन र आग्रहलाई पालना गर्न पनि अनुरोध गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया