आयोगद्वारा ओलीसहितका पाँच जनालाई काठमाडौं उपत्यका बाहिर नजान धम्की, राहदान रोक्का गर्न सिफारिस

काठमाडौं । तत्कालीन केपी ओली र गृहमन्त्री रमेश लेखकसहितका पाँच जनाको राहदानी रोक्का गर्न जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले सिफारिस गरेको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले थप जनशक्ति आवश्यक भएको भन्दै गृह मन्त्रालयसँग माग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ आयोगको निर्णयमा भनिएको छ ।

निर्णयसँगै शनिबार पत्रकार सम्मेलन गरेर हा हुको सरकारले भनेकै भरमा विदेश नजाने चेतावनी दिएका केपी ओलीले अब आयोगको अनुमतिबिना काठमाडौं उपत्यका बाहिरसमेत जान नपाउने भएका छन् । जेनजी पुस्ताको आन्दोलन दमन गरेको अभियोग ओलीसहितका पाँच व्यक्तिलाई लागेको छ ।

Published : Sunday, 2025 September 28, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया